नियम ८५
अशक्त वृत्ति

(१) कुनै सैनिक व्यक्ति आफ्नो पदको कर्तव्य पालन गदा बा तालीमको दौरानमा घाइते भई उपचार पश्चात् पनि सेवामा काम गर्न शारीरिक वा मानसिक रुपमा अशक्त रहेको ठहर नियम १०७ बमोजिमको मेडिकल वोर्डले गरेमा त्यस्तो सैनिक व्यक्तिलाई सेवाबाट अवकाश दिइनेछ र निजले उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी सात वर्षसम्म खाईपाई आएको पूरा तलब वरावरको रकम अशक्त निवृत्तभरण बापत दिइनेछ । उक्त अशक्त निवृत्तभरण पाउने अवधि व्यतित भएपछि निवृत्तभरण पाउने अवधिभन्दा कम सेवा अवधि भएको सैनिक व्यक्तिले निवृत्तभरण पाकेको अवधि सरह र निवृत्तभरण पाउने अवधिभन्दा बढी सेवा अवधि भएका सैनिक व्यक्तिले सोही बमोजिम खाईपाई
आएको तलबले नियम ८० को उपनियम (३) बमोजिम हिसाब गरी हुन आउने रकम निवृत्तभरण पाउनेछ ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जङ्गी कारबाही वा सेना परिचालन भएको बखत कुनै आकस्मिक दुर्घटनामा परी वा कुनै. प्रकारको हतियारको चोटबाट कुनै सैनिक व्यक्ति सैनिक सेवाको लागि काम गर्न अशक्त भएमा त्यस्तो सैनिक व्यक्तिलाई एक तह माथिको पदमा बढुवा गरी सेवाबाट अवकाश दिइनेछ र निजले उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म खाइपाइ आएको पूरा तलब पाउनेछ । त्यसरी पूरा तलब पाउने अवधि व्यतित भएपछि निवृत्तभरण पाउने अवधिभन्दा कम सेवा अवधि भएको सैनिक व्यक्तिले निवृत्तभरण . पाएको अवधि सरह र निवृत्तभरण पाउने अवधिभन्दा बढी सेवा अवधि भएको सैनिक व्यक्तिले सोही बमोजिम निबृत्तभरण पाउनेछ ।
(२) सैनिक व्यक्तिले अशक्तता बापत उपनियम (१) बमोजिम पाउने निवृत्तभरणको अतिरिक्त निजले खाईपाई आएको तलब रकमको देहाय बमोजिमको प्रतिशतको दरले अशक्त वृत्ति भत्ता बापत पाउनेछः–
(क) सय प्रतिशतदेखि असी प्रतिशतसम्म अशक्त भएका वा मानसिक सन्तुलन गुमाएका सैनिक व्यक्तिलाई पचास प्रतिशत रकम,
(ख) उनान्असी प्रतिशतदेखि पचास प्रतिशतसम्म अशक्त भएका वा मानसिक सन्तुलन गुमाएका सैनिक व्यक्तिलाई तेत्तीस प्रतिशत
रकम, र
(ग) उनान्पचास प्रतिशतसम्म अशक्त भएका वा मानसिक सन्तुलन गुमाएका सैनिक व्यक्तिलाई पच्चीस प्रतिशत रकम । तर अशक्त वृत्ति भत्ता पाएका वा पाउने ठहरिएका सैनिक व्यक्तिले पछि कुनै सेवामा पुन प्रवेश पाएमा निजले यस नियम बमोजिम अशक्त वृत्ति भत्ता पाउने छैन र खाई सकेको अशक्तवृत्ति भत्ता रकम भने फिर्ता गर्नु पर्ने छैन ।
(३) उपनियम (२) बमोजिम अशक्तता प्रतिशतको निर्धारण नियम १०७ बमोजिमको मेडिकल बोर्डले गर्नेछ ।
(४) सैनिक व्यक्तिले यस नियम बमोजिमको निवृत्तभरण र अशक्त वृत्ति भत्ता पाउन थालेको नौ वर्ष नपुग्दै मृत्यु भएमा नौ वर्ष नपुगेसम्मको अवधिका लागि निवृत्तभरण बापतको रकम मात्र त्यस्तो सैनिक व्यक्तिको परिवारको नजिकको व्यक्तिलाई दिइनेछ ।